काठमाडौ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको कीर्तिपुर वितरण केन्द्र कार्यसम्पादनमा उत्कृष्ट बन्न सफल भएको छ।
प्राधिकरणको ३९ ओै वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ दिपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कीर्तिपुर वितरण केन्द्रलाई उत्कृष्ट कार्यसम्पादन गरेबापत कदर पत्र सहित सम्मान गरेका थिए ।
कीर्तिपुर वितरण केन्द्रले बक्यौता असुलीको लक्ष्य पुरा गरेको, विद्युत् चुहावट नियन्त्रण लक्ष्य भन्दा बढी प्राप्त गरेको कुनै पनि ट्रान्सफर्मर जल्न नदिएको र लिलामी कार्यमा प्रभावकारी ढँगले कार्य सम्पादन गरेको लगायतका आधारमा सो वितरण केन्द्र उत्कृष्ट ठहरिएको हो ।
उर्जा मन्त्रालय तथा प्राधिकरण व्यवस्थापनको मुल्यांकनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयको रुपमा नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्र पुरस्कृत हुन् सफल भएकोमा आफुहरुलाई गौरव महसुस भएको कीर्तिपुर वितरण केन्द्रका लेखा अधिकृत सन्तोष गौतमले जानकारी दिए ।
प्रभावकारी सम्पादन गरेको आधारमा प्राधिकरणले देशैभरका उत्कृष्ट २५ वितरण केन्द्र सम्मान गरेको थियो।