logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • परराष्ट्रमन्त्री डा आरजु राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

    परराष्ट्रमन्त्री डा आरजु राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

    504
    Shares
    परराष्ट्रमन्त्री डा आरजु राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

    काठमाडौं –  भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट  गरेकी  छ्न ।

    भारतका प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी  भएको मन्त्री राणाले बताएकी  छ्न्।

    ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’ भेटपछि सामाजिक संजालमा राणाले लेखेकी छ्न ।

    उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend