logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • देशमा भ्रष्टाचार र दुराचार व्याप्त छ, जनताले राजा खाजेका छन् : काली बाबा

    देशमा भ्रष्टाचार र दुराचार व्याप्त छ, जनताले राजा खाजेका छन् : काली बाबा

    322
    Shares
    देशमा भ्रष्टाचार र दुराचार व्याप्त छ, जनताले राजा खाजेका छन् : काली बाबा

    काठमाडौं । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन् । मंगलबार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

    उनले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गरे ।

    उनले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताए । उनले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताए ।

    उनले भने, ‘युवा युवतीहरु विदेशमा गएर श्रमीक बनिरहेका छन् । उनीहरुले कमाएको पैसाले नेताहरुले यहाँ आफ्ना सन्तानलाई स्कटल्याण्ड, लण्डन, अमेरिका, अस्ट्रेलिया जस्तो देशमा पठाएर शिक्षा लिने यो के नैतिकता हो ।

    यो पनि जानकारी लिदिन नेपाली जनताले अवश्य सोच्नुपर्ने अवस्था भएको छ । पहिला एउटा मात्रै अभिभावक हुँदा जनताहरु एक फाँको सातु खाएर बस्थे । तर आज यो राष्ट्रमा यस्तो अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । यो नेपाली जनताले सहन सकेका छैनन् । नेपाल राष्ट्र जर्जर भएको छ ।’

    नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताए । उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend