logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय छ : महानिरीक्षक कुँवर

    नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय छ : महानिरीक्षक कुँवर

    392
    Shares
    नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय छ : महानिरीक्षक कुँवर

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् ।

    मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताए ।

    उनले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए ।

    उनले प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रहेको पनि बताए । यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उनको भनाई छ ।

    उनले भने – ‘प्रहरी पेशा कर्तव्य पालनाको सिलसिलामा २४ सैँ घण्टा, ३६५ दिन नागरिकका सेवा र सुरक्षाका खातिर कार्यक्षेत्रमा समर्पित रहेको विदितै छ । यस क्रममा आफ्ना व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व हर हमेसा निर्वाह गर्न नसकिरहेको परिप्रेक्ष्यमा हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीका परिवारबाट उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह एवं प्रदानमा हुँदै आएको साथ, सहयोग र भुमिका अनुकरणीय रहेको छ ।

    पारिवारिक जिम्मेवारीका अलावा नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका प्रहरी प्रधान कार्यक्षेत्रमा संघले गरेको चार दशकको सर्मपण प्रशंसनीय छ ।

    प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गर्नुभएको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रही यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

    उनले प्रहरी श्रीमती संघले गरेका कामहरुका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend