logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौसम खराबीका कारण पोखराबाट काठमाडौं उडेको जहाज भैरहवा डाइभर्ट

    मौसम खराबीका कारण पोखराबाट काठमाडौं उडेको जहाज भैरहवा डाइभर्ट

    1.3K
    Shares
    मौसम खराबीका कारण पोखराबाट काठमाडौं उडेको जहाज भैरहवा डाइभर्ट

    पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको बुद्ध एयरको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो ।

    साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

    पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीका अनुसार अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुनेछ ।

    पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend