logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आईपिओ सेवोनमा रोकिँदा आयोजनामा समस्या आयो : अध्यक्ष कार्की

    आईपिओ सेवोनमा रोकिँदा आयोजनामा समस्या आयो : अध्यक्ष कार्की

    770
    Shares
    आईपिओ सेवोनमा रोकिँदा आयोजनामा समस्या आयो : अध्यक्ष कार्की

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपिओ सेवोनमा रोकिएको बताएका छन् । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

    उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनेको बताए । अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताए । उनले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको बताए ।

    उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताए । उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताए । उनले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

    उनले भने, ‘जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ भनेका छौं । मुलुकभित्र लगानी गर्ने वातावरण बन्दैछ । करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेका छन् । १ हजार लगानी गरेकाले ५ हजार लगानी गर्ने वातावरण बन्दैछ । अब केही काम हुने आशा व्यवसायीहरुमा परेको छ ।

    स्थायी सरकार बनेको छ । जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित छौं । तर सँगै धेरै समस्याहरु छन् । विद्युत विधेयक जस्ताको तस्तै पास भयो भने व्यवसायीहरुलाई लखेट्छ भन्ने लागेको छ । विधेयक जलविद्युत विकास गर्ने खालको छ तर नेपालका निजी क्षेत्र आउने खालको छैन । विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवोनमा रोकिएको छ ।

    जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपिओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपिओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन । दोहोरो कर हटाउनुपर्छ । गाउँपालिका र प्रदेश सरकारले छुटै कर लिने गरेका छन् ।’

    उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपिओबाट संकलन गर्ने योजना बनाए पनि आईपिओ रोकिँदा आयोजना समस्यामा परेको बताए ।

    उनले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend