logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु

    रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु

    266
    Shares
    रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु

    त्रिवेणी, रुकुमपश्चिम । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

    अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

    उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend