logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्न टान महासचिवमा मेरो उम्मेवारी : सोनाम ग्याल्जेन शेर्पा

    ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्न टान महासचिवमा मेरो उम्मेवारी : सोनाम ग्याल्जेन शेर्पा

    273
    Shares
    ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्न टान महासचिवमा मेरो उम्मेवारी : सोनाम ग्याल्जेन शेर्पा

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को महासचिव पदका उम्मेदरवार सोनाम ग्याल्जेन शेर्पाले राजनीतिबाट अलग गराई ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्न बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदका उम्मेदवार शेर्पाले यस्तो बताएका हुन् ।

    उनले सागर पाण्डे समूहबाट महासचिव पदमा उम्मेवारी रहेको भन्दै व्यवसायीहरुले निर्वाचन जिताए टानलाई राजनीतिकबाट अलग गराउने प्रतिवद्धता जनाए । उनले टानले मुलुकभरका पुराना पदमार्गको संरक्षण र नयाँ विकल्प खोज्न छोडेर राजनीतिक पार्टीको नेता जन्माउने थलोको रुपमा अहिलेसम्म प्रयोग भएको बताए ।

    उनले सागर पाण्डे नेतृत्वले टानलाई राजनीतिकबाट अलग गराएर पर्यटन व्यवसायीहरुको हितमा काम गर्ने संस्था बनाउने बताए । शेर्पाले पुराना पदमार्गहरु हराउँदै गएको भन्दै महासचिव पदमा जिताए अन्नपूर्ण राउण्ड,अन्नपूर्ण बेसक्याम र सगरमाथा जाने लोकप्रिय जिरी सगरमाथा पदमार्ग संरक्षण गर्ने बताए ।

    उनले लुक्ला जानुपर्ने पर्यटकलाई सहज बनाउनको लागि सिजनको समयमा पर्यटन व्यवसायीहरुको सहकार्यमा सटलबस सञ्चालन गर्ने योजना रहेको बताए । उनले उच्च गुणस्तरका पर्यटकहरु आउन थालेको भन्दै गुणस्तरीय पयर्टक भित्र्याउने योजना टानले बनाउने बताए ।

    उनले टे«किङ व्यवसायीहरुलाई राज्यलाई कुन शिर्षकमा कति कर तिर्ने भन्ने समस्या भएको भन्दै कर प्रणालीमा सहजिकरण गर्न पहल गर्ने बर्ताए ।

    उनले भने, ‘पुराना पदमार्ग संरक्षण गरी वैकल्पिक पदमार्गको खोज्नुपर्ने अवस्थामा टान राजनीतिक पार्टीको चपेटमा परेको छ । टानलाई राजनीतितक दलको थलो बनाउने गरेको हिसाबले अब टानलाई राजनीतिबाट टाढा राख्नुपर्छ । पर्यटन व्यवसायीहरुको हक हितका लागि काम गर्ने गरी अगाडि आएका छौं ।

    पुराना पदमार्गहरु हराउँदै गएका छन् । त्यसलाई हाम्रो नेतृत्व आएपछि अन्नपूर्ण राउण्ड,अन्नपूर्ण बेसक्याम र सगरमाथा जाने लोकप्रिय जिरी सगरमाथा पदमार्ग संरक्षण गर्ने छौ । लुक्कला जानुपर्ने पर्यटकलाई सहजिकरण गर्ने छौं । पर्यटक सिजनको समयमा पर्यटन व्यवसायीहरुको सहकार्यमा सटलबस सञ्चालन गर्ने छौं । उच्च गुणस्तरका पर्यटकहरु आउन थालेका छन् । अब गुणस्तरीय पयर्टक भित्र्याउने सोचमा छौं ।

    टे«किङ व्यवसायीहरुलाई राज्यलाई कुन शिर्षकमा कति कर तिर्ने भन्ने समस्या भएको हुनाले ३० प्रतिशत करलाई ५ प्रतिशतसम्म ल्याउने पहल गर्नेछौं । टिम्सलाई स्थानीय सरकारसँग समन्वय गरेर गतिशिल बनाउन पहल गर्नेछौं ।

    टिम्सलाई खारेज गर्न हुँदैन । टे«किङ मजदुरको हक हितमा काम गर्ने छौं । टानलाई ७५३ स्थानीय निकायसँग सम्बन्ध बिस्तार गरेर टिम्सको रकम पर्यटन बोर्ड, नेपाल सरकार, स्थानीय सरकार र टानले चलाउने वातावरण बनाउँछौं ।’

    उनले टिम्सलाई स्थानीय सरकारसँग समन्वय गरेर गतिशिल बनाउन पहल गर्ने बताए । उनले टानलाई ७५३ स्थानीय निकायसँग सम्बन्ध बिस्तार गरेर टिम्सको रकम पर्यटन बोर्ड, नेपाल सरकार, स्थानीय सरकार र टानले चलाउने वातावरण बनाउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend