काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही बेरअघिबाट बैठक जारी रहेको हो ।
यसअघि साउन २३ गते २८ गतेसम्म बसेर बैठक स्थगित गरिएको थियो । बैठकमा प्रस्तुत भएका ११ वटा एजेन्डामा केन्द्रित रहेर आज पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।
यसअघि केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताउँछन् ।