logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

    चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

    385
    Shares
    चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

    धनुषा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाएका छन् । उनले अनशनकारीसँग वार्ताबाट चार बुँदे सहमति गर्दै जुस खुवाएर अनशन तोडाएका हुन् ।

    हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्रीबीच कमला नदीमा नयाँ पुल निर्माण तत्काल सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    नयाँ पुल निर्माणका लागि आव २०८२–०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल नगरेमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारले व्यहोर्ने, २०८१ मङ्सिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

    नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिरहा र धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

    गत भदौ ४ गतेदेखि सङ्घर्ष समितिको संयोजक यादवको नेतृत्वमा १० जना आमरण अनशनमा बसेका थिए । अनशनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजीत यादव, ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का वडाअध्यक्ष सुरेन्द्रकुमार यादव, स्थानीय युवा मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव बसेका थिए ।

    सङ्घीयता पश्चात हाम्रो अभिभावकत्व प्रदेश सरकारले स्वीकार्नुपर्छ भन्दै उनीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट अगाडि टेन्ट बनाएर अनशनमा बसेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend