logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सफल बन्न युवालाई राजेश हमालका टिप्स : सधैँ सजिलो बाटो नखोज्नुस्, आफैँ बाटो खन्नुस्

    सफल बन्न युवालाई राजेश हमालका टिप्स : सधैँ सजिलो बाटो नखोज्नुस्, आफैँ बाटो खन्नुस्

    406
    Shares
    सफल बन्न युवालाई राजेश हमालका टिप्स : सधैँ सजिलो बाटो नखोज्नुस्, आफैँ बाटो खन्नुस्

    काठमाडौं । महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन् । शनिबार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ-२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पारे । उनले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताए । उनले आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिए ।

    उनले युवाहरुले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताए ।

    उनले भने, ‘तपाईंमा तिब्र इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरु अघि बढ्नुस् । खालि सजिलो बाटो नखोज्नुस् । बनाएको बाटो मात्रै नखोज्नुस् । यसमा गएर फलानोले राम्रो प्राप्त गर्यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस् । आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् ।

    बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ । युवाहरुमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ ।’

    उनले आफ्नो युनिकनेस पत्ता लगाएर युवाहरुले काम गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend