logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सौन्दर्य व्यवसायमा सुष्माको फड्को, भरतपुरमा खोलिन् ‘फेसियल हाउस ब्युटी एकेडेमी’

    सौन्दर्य व्यवसायमा सुष्माको फड्को, भरतपुरमा खोलिन् ‘फेसियल हाउस ब्युटी एकेडेमी’

    742
    Shares
    सौन्दर्य व्यवसायमा सुष्माको फड्को, भरतपुरमा खोलिन् ‘फेसियल हाउस ब्युटी एकेडेमी’

    चितवन । नेपालको नम्बर वान तथा चर्चित ब्युटी सलुन फेसियल हाउसले चितवनमा आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ । शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याएको हो ।

    फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले चितवनका महिला दिदीबहिनीहलाई लक्षित गरी पार्लरसम्बन्धी विभिन्न तालिम दिने उद्देश्यले यहाँ सेवा विस्तार गरेको बताइन् ।

    फेसियल हाउसले चितवनको भरतपुरस्थित सीजी ल्याण्डमार्कमा ब्युटी एकेडेमी सञ्चालनमा ल्याएको हो ।

    ब्युटी एकेडेमी उच्चस्तरीय प्रविधिमा आधारित रहेको निर्देशक सुष्मा महराले बताइन् । फेसियल हाउसले गत वैशाखमा आफ्नो सातौँ शाखा भरतपुरमा सञ्चालनमा ल्याएको थियो । शाखा सञ्चालनमा रहेपनि सौन्दर्यकला पढ्न सिक्ने व्यवस्था भने शनिबारबाट गरेको हो । सौन्दर्यकला पढ्न सिक्न चाहानेरुको माग बढेपछि एकेडेमी सञ्चालनमा ल्याइएको महराले बताइन् ।

    फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जनाभन्दा बढी सेवाग्राहीले सेवा लिन सक्नेछन् । ब्युटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा फेसियल हाउसले दिँदै आएको छ ।

    फेसियल हाउसमार्फत यस्ता सेवा उपलब्ध

    नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ ।

    यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको महराले बताइन् । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको प्रबन्ध निर्देशक महराको भनाई छ ।

    नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसको छ ।

    फेसियल हाउसले नेपालको नम्बर वान ब्युटीसैलुनको अवार्ड समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको हेर्नुहोस् । जहाँ मेरो फोटो समेत देख्न सक्नुहुन्छ ।’

    काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह गरिरहेको छ ।

    सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend