logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • साढे १५ अर्ब डलर सम्पत्ति भएका टेलिग्राम म्यासेजिङ प्लेटफर्मका सिइओ पावेल फ्रान्समा पक्राउ

    साढे १५ अर्ब डलर सम्पत्ति भएका टेलिग्राम म्यासेजिङ प्लेटफर्मका सिइओ पावेल फ्रान्समा पक्राउ

    448
    Shares
    साढे १५ अर्ब डलर सम्पत्ति भएका टेलिग्राम म्यासेजिङ प्लेटफर्मका सिइओ पावेल फ्रान्समा पक्राउ

    मस्को, एएफपी । पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।

    अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भए पनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।

    दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।”

    “अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ । फोब्र्सका अनुसार डुरोभको कूल सम्पत्ति १५ अर्ब ५० करोड डलर रहेको छ । रसियाको सेन्ट पिटर्सबर्गमा जन्मिएका पावेल ३९ वर्षका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend