logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

    553
    Shares
    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

    काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ ।

    काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो ।

    ग्राण्डीले चार हजार ६०० रुपैयाँमा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, पेटको अल्टासाउण्ड लगायतका सेवा प्रदान गर्न लागेको हो ।

    अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था गरेको बताए । ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो ।

    आजदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ । ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend