logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जनमत पार्टीद्वारा बालगोविन्दलाई राष्ट्रिय सचिवमा मनोनित

    जनमत पार्टीद्वारा बालगोविन्दलाई राष्ट्रिय सचिवमा मनोनित

    2.1K
    Shares
    जनमत पार्टीद्वारा बालगोविन्दलाई राष्ट्रिय सचिवमा मनोनित

    काठमाडौँ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ ।

    पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति प्रकाशित गरी नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेको जानकारी दिनुभयो ।

    आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी उहाँहरूलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत हुनु भएको सो पार्टीका राष्ट्रिय प्रबक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend