एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा तीर्थयात्री बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार बिहान तीर्थयात्री बोकेको बस खाल्डोमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका हुन् ।
लसबेला जिल्लामा ब्रेक फेल हुँदा चालकले तिब्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । यात्रुहरू पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्राका लागि इरान जाँदै थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर छ ।
खराब सडक, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाही ड्राइभिङका कारण पाकिस्तानमा सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।