logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उठाउन नसकेपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

    उठाउन नसकेपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

    189
    Shares
    उठाउन नसकेपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

    वीरगञ्ज (पर्सा) । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ ।

    कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

    भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए ।

    “कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ म पाँच अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उनले भने, “गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।”

    भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

    विभागले कार्यालयलाई आव २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार आईतबारसम्म १ खर्ब ७ अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो चालु आर्थिक वर्ष बजेटको ७.५९ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउले लक्ष्य लिएको छ ।

    आर्थिक गतिविधी सुस्त भएकाले चालु आर्थिक वर्षमा सरकारले लिएको राजस्व उठाउने लक्ष्य कम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend