logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जापानमा शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी

    जापानमा शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी

    616
    Shares
    जापानमा शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी

    टोकियो, एएफपी । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।

    मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

    आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ ।

    जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ ।

    यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend