logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छः महेश बर्तौला

    सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छः महेश बर्तौला

    294
    Shares
    सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छः महेश बर्तौला

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको दुवै राष्ट्रिय निकुञ्जमा एउटा गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

    प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सरकारले पर्यटन प्रवद्र्धनको कामलाई व्यवहारिक रुपमा नै अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

    प्रमुख सचेतक बर्तौलाले भने, ‘चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा पर्छ । त्यही राष्ट्रिय निकुञ्जसँगसँगै सिमाना जोडिएको एउटै भूगोलमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज छ । यी दुवै राष्ट्रिय निकुञ्जहरुमा विश्वमा नै नभएका एक सिंगे गैडाहरु त्यहा पाउँछ । विभिन्न प्रजातिका वन्यजन्तुहरु छन् । जैविक विविधताले भरिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

    यी दुवै राष्ट्रिय निःकुञ्जहरुलाई एकीकृत पर्यटन प्रवद्र्धन गर्ने, एकीकृत पर्यटन विकास गर्ने उद्देश्यका साथ कार्ययोजना अघि बढाउने हो भने यसले मधेस प्रदेश र वागमती प्रदेशमा पर्यटन प्रवद्र्धनको निकै ठूलो टेवा पुग्छ । त्यसका लागि एकीकृत टिकट प्रणालीको निर्णय गर्नुपर्ने हुन्छ । यसमा सम्बन्धित वन मन्त्रालयको म ध्यानाकर्षण गराउन चाहन्छु ।

    चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेको पर्यटक पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न पाउने वा पर्सा राष्ट्रिय निकुञ्जमा गेट पास लिएर प्रवेश गरेको पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने व्यवस्था सरकारले गरोस् ।’

    प्रमुख सचेतक बर्तौलाले ती दुवै राष्ट्रिय निकुञ्ज प्राकृतिक परिदृश्यले पनि मनोरम रहेकाले त्यसको प्रवद्र्धनबाट राष्ट्रले ठूलो आयआर्जन गर्नसक्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend