logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले भ्रष्टाचारीहरुलाई जोगाउने प्रयास गरिरहेको छ : सांसद राई

    सरकारले भ्रष्टाचारीहरुलाई जोगाउने प्रयास गरिरहेको छ : सांसद राई

    217
    Shares
    सरकारले भ्रष्टाचारीहरुलाई जोगाउने प्रयास गरिरहेको छ : सांसद राई

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग गरेको छ ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार राईले संसदको नियमावलीमा समेत व्यवस्था गरिएकाले सो समितिको नेतृत्व तत्काल प्रतिपक्ष दललाई उपलब्ध गराउन सरकारलाई दवाव दिएका हुन् ।

    विगतदेखि नै सो समिति प्रतिपक्षलाई दिने चलन भएकाले कहिले सो समितिको नेतृत्व हस्तान्तरणगर्ने भनि सरकारलाई उनले प्रश्न समेत गरे । सांसद राईले भ्रष्टहरुलाई कारबाही गर्ने कुरामा पनि सरकारले मौनता साँधेको जिकिर समेत गरे ।

    उनले भने, ‘यो सरकार गठन भएको झन्डै २ महिना पुग्न लाग्यो । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने हिजैदेखि चलन छ । नियमावलीमा त्यो व्यवस्था छ । तर यो सरकारले प्रतिपक्षलाई कहिले सार्वजनिक लेखा समिति दिन्छ ? मेरो प्रश्न छ ।

    भ्रष्टाचारको सूचना दिने हदम्याद ५ वर्षको राख्न खोजिएको छ । यो भ्रष्टाचारीहरुलाई लुकाउने काम मात्रै भएको छ । यसमा म घोर आपत्ति व्यक्त गर्न चाहन्छु । भ्रष्टहरुलाई सरकारले कहिलेदेखि कारबाही गर्छ ?’

    सांसद राईले सरकारले भ्रष्टाचारीहरुलाई जोगाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend