logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विद्युत व्यापारको पहिलो सम्भावना भारत र दोस्रो बंगलादेश नै हो : वर्षमान पुन

    विद्युत व्यापारको पहिलो सम्भावना भारत र दोस्रो बंगलादेश नै हो : वर्षमान पुन

    357
    Shares
    विद्युत व्यापारको पहिलो सम्भावना भारत र दोस्रो बंगलादेश नै हो : वर्षमान पुन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् । मंगलबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताए । उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए ।

    विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताए ।

    उनले भने, ‘विद्युत व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन ।

    हामीले त्यो पनि हेर्नुपर्छ । किनभने हाम्रो इच्छाले जरुरी छ भनेर लगिहाल्ने होइन । जसरी सजिलै उहाँहरुले हाम्रो ट्रान्समिसन प्रयोग गर्न दिने, निर्यात गर्न दिने हुन्छ की हुँदैन । चीनतिरको धेरै जरुरी देखिँदैन । तिब्बत क्षेत्रमा लैजान सक्नुहुन्छ ।’

    उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेगरी काम गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend