logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आक्रमक मूल्यमा टाटा पन्च ईभी, कुन भेरियन्टको मूल्य कति ?

    आक्रमक मूल्यमा टाटा पन्च ईभी, कुन भेरियन्टको मूल्य कति ?

    1.9K
    Shares
    आक्रमक मूल्यमा टाटा पन्च ईभी, कुन भेरियन्टको मूल्य कति ?

    काठमाडौं । टाटा मोटर्सले आक्रमक मूल्यमा ईभी पन्च ल्याएको छ । टाटा मोटर्सको ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू भएको हो । कम्पनीले टाटा मोटर्सको ईभी पन्च ३३ लाख ९९ हजार रूपैयाँबाट बिक्री सुरु गरेको हो ।

    जसअनुसार कम्पनीले ल्याएको एस एमआर भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रूपैयाँ रहेको छ ।

    त्यस्तै, कम्पनीले एलआर भेरियन्टको ३६ लाख ९९ हजार रूपैयाँ र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार रूपैयाँ तोकेको हो ।

    टाटाले डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा बनाएको पहिलो मोडल पन्चको पफर्मेन्स पनि राम्रो छ । टाटाले पन्च ईभीमा भेन्टिलेटेड सिट दिएको छ । ३६० डिग्री क्यामेरा र सेन्टर कन्सोलमा रोटरी गियर सेलेक्टर उत्कृष्ट छ ।

    यसको पछाडि पनि ठूलो स्थान छ । आर्मरेष्ट सहितको सिट छ । रियर एसी भेन्ट छैन । इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड छ ।

    त्यसैगरी पन्च ईभीमा १६ इन्चको ह्वील, १९० एमएमको ग्राउण्ड क्लियरेन्स तथा ठूलो एसयूभीहरूको जस्तै ९० किलोवाटको मोटर छ । पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ ।

    यो पनि :

    ‘टाटा पन्च’ आएपछि इभी बजारमा हाम्रो पोजिसन झनै बलियो हुनेछ

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend