logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

    इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

    287
    Shares
    इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

    एजेन्सी । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको श्रृंखलामा कम्तिमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

    मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् ।

    गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् ।

    गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४० हजार ४३५ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend