logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जा छूट योजना, कस्ता छन् सुविधा ?

    माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जा छूट योजना, कस्ता छन् सुविधा ?

    455
    Shares
    माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जा छूट योजना, कस्ता छन् सुविधा ?

    काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको चाडपर्वलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छूट योजना ल्याएको छ । बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत कम्पनीले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

    साथै बैंकले सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । सो कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छूट समेत प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ ।

    बैंकले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा एक प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत पाइने छ । उक्त छूट योजना भदौ ३१ गतेसम्म पाइने बैंकले जनाएको छ ।

    हालसम्म बैंकले सात वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend