logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता

    साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता

    770
    Shares
    साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता

    काठमाडौँ । साफ यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

    सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९ औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।

    त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend