logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

    1.5K
    Shares
    सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको हो ।

    एकपछि अर्को रेकर्ड बनाउँदै दैनिक जसो बढिरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।

    यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।

    उनका अनुसार विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

    यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

    यो पनि : 

    सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, कतिमा हुँदैछ कारोबार ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend