logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सांसद बजगाईंको प्रश्नः गौरा पर्वमा नेपाली कांग्रेसमाथि आक्रमण गरेको हो ?

    सांसद बजगाईंको प्रश्नः गौरा पर्वमा नेपाली कांग्रेसमाथि आक्रमण गरेको हो ?

    854
    Shares
    सांसद बजगाईंको प्रश्नः गौरा पर्वमा नेपाली कांग्रेसमाथि आक्रमण गरेको हो ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले व्यक्त गरेको आक्रोश नेपाली कांग्रेसमाथिको आक्रमण हो ? भनि प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले देखाएको आक्रोश कोप्रति लक्षित हो भनि प्रश्न गरेका हुन् ।

    उनले प्रतिपक्ष दलका सांसदहरुले पक्राउ परेका युवाहरुको रिहाइको माग गरेको उल्लेख गर्दै त्यहाँ पार्टीका कार्यकताहरुको पनि उपस्थिति रहेको बताए । उनले गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो भनि प्रश्न गरे । उनले नेपाली कांग्रेसमाथिको आक्रमण हो ? भनि प्रश्न गरे । उनले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाए ।

    उनले भने – ‘टुँडिखेलमा गौरा पर्वमा जुन किसिमको घुसपैठ, आक्रमण भयो । त्यो आक्रोश पनि भन्न सकिन्छ । तर घुसपैठ भयो भनेर प्रतिपक्षमा बसेका सांसद साथीहरुले त्यहाँ जुन हर्कत गर्नुभएको थियो, त्यहाँ प्रदर्शन गर्नुहुने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ ।

    गौरा पर्वमा आक्रमण गरेको कि नेपालको सरकार, नेपालको प्रधानमन्त्री, नेपालको सरकारको साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ? अथवा नेपाली कांग्रेसमाथि आक्रमण गरेको ? म यो धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिका लागि जुन दल उद्यत छ, त्यो दलमाथि प्रश्न गर्न चाहन्छु । रास्वपाका सहमहामन्त्री म कहाँ हतारिँदै आउनुभयो । क्यानका डिजीका बारेमा । उहाँ हाम्रो मान्छे । रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे उहाँलाई जोगाउनुपर्यो भनेर म कहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो ।

    म प्रश्न गर्न चाहन्छु यो द्वेध चरित्रले यो देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आम नेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको भन्दै संसदलाई जानकारी समेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend