logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • चीनको बेइजिङलाई उछिन्दै भारतको मुम्बई बन्यो एसियाको अर्बपति राजधानी

    चीनको बेइजिङलाई उछिन्दै भारतको मुम्बई बन्यो एसियाको अर्बपति राजधानी

    721
    Shares
    चीनको बेइजिङलाई उछिन्दै भारतको मुम्बई बन्यो एसियाको अर्बपति राजधानी

    एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बई एसियाको अर्बपतिको शहर बनेको छ । हुरुन इन्डिया रिच लिस्ट २०२४ अनुसार अहिले चीनको राजधानी बेइजिङभन्दा मुम्बइमा अर्बपतिको संख्या धेरै छ ।

    हुरुन इन्डिया रिच लिस्टले मुम्बई एसियाको अर्बपतिको राजधानी मात्र होइन, बेइजिङलाई उछिनेर पनि राजधानी नयाँ दिल्ली र हैदरावाद पछि मनपर्ने शहर भएको छ । यस बाहेक, मुम्बईमा पनि थप ५८ जना अर्बपति थपिएका छन् । अर्बपतिको हिसाबले भारतले चीनलाई पनि पछि पारेको सूचीमा उल्लेख छ ।

    भारतमा २९ प्रतिशत बढी नयाँ अर्बपति आगमन भएको छ भने चीनमा अर्बपतिको संख्या २५ प्रतिशत घटेको छ । हुरुनको प्रतिवेदनमा भारतमा गत वर्ष हरेक ५ दिनमा एक नयाँ अर्बपति थप भएको उल्लेख गरेको छ । सम्पत्ति गणना गत जुलाइ ३१ सम्मको हो ।

    विश्वको पाँचौ ठूलो अर्थतन्त्र भारत एसियाको धनी सिर्जनाको इन्जिनको रूपमा देखिएको छ । भारतको अर्थतन्त्रको आकार ३८ खर्ब डलर पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा अर्बपतिको संख्यामा २५ प्रतिशत घटेका बेला भारतमा भने बढेको छ । यसबीचमा भारतमा अर्बपतिको संख्या २९ प्रतिशत बढेर ३ सय ३४ पुगेको हुरुन भारतका संस्थापक र प्रमुख अनुसन्धानकर्ता अनास रहमान जुनैदले बताएका छन् ।

    मार्च २०२४ मा, मुम्बईले पहिलो पटक चीनको राजधानीलाई उछिन्दै एसियाको अर्बपति हबको रूपमा उभियो । हुरुन ग्लोबल रिच लिस्ट २०२४ ले मुम्बईमा ९२ अर्बपति रहेको बताएको थियो। जसमा १ सय १९ अर्बपतिको साथमा न्यूयोर्क र लन्डनमा ९७ अर्बपति रहेको सूचीमा तेस्रो स्थानमा रहेको थियो। मुम्बईले पछिल्लो एक वर्षमा २६ नयाँ अर्बपति थपेको छ, कुल अर्बपतिको सम्पत्ति ४ खर्ब ४५ अर्ब डलर छ ।

    अर्कोतर्फ बेइजिङमा मार्च २०२४ सम्ममा २८ प्रतिशत अर्बपतिको गिरावट आएको छ र सहरको कुल अर्बपतिको सम्पत्ति २ सय ६५ अर्ब डलर रहेको छ ।

    यो पनि :

    मुकेशलाई पछि पार्दै गौतम अदानी बने भारतकै धनी, अर्बपति सूचीमा शाहरुख खानको ‘इन्ट्री’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend