logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

    भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

    420
    Shares
    भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

    एजेन्सी । पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

    लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीबार बिहान भत्किएको छ ।

    अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत र उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रबाट झन्डै १८ हजार मानिसलाई विस्थापित गरिएको छ भने ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

    बुधवार देवभूमि द्वारका, जामनगर, राजकोट र पोरबन्दर जस्ता सौराष्ट्र क्षेत्रहरूमा १२ घण्टामा ५० देखि २०० मिलिमिटरसम्म वर्षा भएको थियो । यस अवधिमा देवभूमि द्वारकाको भानवड तालुकमा १८५ मिलिमिटर वर्षा भएको छ, जुन राज्यकै सबैभन्दा बढी हो ।

    वर्षाले राज्यमा सवारी साधनको आवागमन, रेल सेवा र उडान सञ्चालन पनि अवरुद्ध भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend