logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देश अभिभावकबिहीन भयो, राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरे : अध्यक्ष लिङदेन

    देश अभिभावकबिहीन भयो, राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरे : अध्यक्ष लिङदेन

    224
    Shares
    देश अभिभावकबिहीन भयो, राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरे : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताए । उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए ।

    उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताए । कांग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताए । उनले राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाए । उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए ।

    उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रुपमा उपयोग गर्न खोजिरहेका छन् ।

    सामान्य कुरा होइन की, नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा भनेको सामान्य कुरा होइन । कांग्रेस र कम्युनिष्टहरुल कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासन बाहेक राजाले म आफैँ चलाउनुपर्यो भनेर तीन वर्षको म्याद मागेर चलाएकोमा त्यो १८ महिनामै दलहरुले आपत्ति जनाएपछि ल दलहरुले नै चलाउन् भनेर छोडिदिएको हो ।

    त्यो १८ महिनाको समय बाहेक जे सुकै नाममा होस्, यही कांग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साँच्चि छौँ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ ।’

    अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend