logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष दाहाल

    नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष दाहाल

    294
    Shares
    नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष दाहाल

    खजुरा, बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको बताएका छन् ।

    आज बिहान नेपालगञ्ज रङ्गशालाको अनुगमन गर्दै दाहालले नेपालगञ्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकास महत्वपूर्ण रहेको उल्लेख गरे ।

    पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु भनेको खेलकुदप्रेमीका लागि उल्लेख्य प्रगति भएको अध्यक्ष दाहालले बताए । उनले भने, “यस क्षेत्रका खेलकुदप्रेमीलाई खेलप्रति थप आकर्षित गर्न नेपालगञ्ज रङ्गशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।”

    यसवर्ष कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिक पर्ने नेपालगञ्ज रङ्गशालामा पनि खेल पूर्वाधार आवश्यक पर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालगञ्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन खेलाडीलाई आग्रह गरे ।

    खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले बताए ।

    रङ्गशालाको अनुगमन गर्ने क्रममा विभिन्न खेलको अभ्यासमा गरिरहेका खेलाडीले अध्यक्ष दाहाललाई स्वागत गरेका थिए । उनीसँगै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता थियो ।

    आज र भोलि नेपालगञ्जमा हुन लागेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न अध्यक्ष दाहाल शनिबार बेलुका सुर्खेतबाट नेपालगञ्ज आइपुगेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend