logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेयर बजार ५३.६३ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    सेयर बजार ५३.६३ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    574
    Shares
    सेयर बजार ५३.६३ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ५३.६३ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ सय ९५ अंकमा झरेको छ । सेयर बजार निरन्तर ओरालो लागेर २५ सय अंकको लाइनमा आएको छ ।

    आइतबार बजार खुलेका बेला सूचक केही बढेको थियो । सस्तो मूल्यमा किनेको सेयरको छोटो समयमा राम्रो नाफा भएको मौकामा कारोबारीहरुले नाफा बुक गर्दा अन्तिम अन्तिम समयमा बजारमा सेयरको सेलिङ प्रेसर देखिएको छ ।

    दैनिक ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम अहिले १० अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो दिनमा कारोबार रकम घट्दै गएको छ । यस दिन बजार १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    ३१ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ९ कम्पनीको घटेको छ । सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडको सेयर सर्किट नजिक कारोबार भएको नेप्सेले जनाएको छ ।

    यस्तै पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरको सेयर मूल्य नकरात्मक सर्किट लागेको छ ।

    बजार घटेका बेला गुडविल फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ३३ करोड ४३ लाख र नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend