logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सार्वजनिक सेवा प्रशारण विधेयक संसदीय समितिबाट पारित

    सार्वजनिक सेवा प्रशारण विधेयक संसदीय समितिबाट पारित

    490
    Shares
    सार्वजनिक सेवा प्रशारण विधेयक संसदीय समितिबाट पारित

    काठमाडौं । संसदीय समितिले सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ लाई पारित गरेको छ ।

    प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ लाई दफावार छलफल गरी पारित गरेको हो ।

    बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरु माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरु देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी ५ सदस्य रहेको उपसमिति गठन गरेको थियो ।

    सो उपसमितिले समितिमा प्रतिवेदन पेश गरेसँगै समितिले विधेयक पारित गरेको हो ।

    राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend