logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन : भारतका लागि प्रश्तावित राजदुत शर्मा

    ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन : भारतका लागि प्रश्तावित राजदुत शर्मा

    245
    Shares
    ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन : भारतका लागि प्रश्तावित राजदुत शर्मा

    काठमाडौं । भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

    आईतबार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहेका उनले ईपीजी र सीमाको विषय आफूहरुको लेभलभन्दा माथि गईसकेको टिप्पणी गरेका हुन् ।

    ८ वटा भन्दा उच्चस्तरीय भेटघाट भईसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गईसकेको प्रश्तावित राजदुत शर्माको स्पष्टिकरण थियो । उनले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राखे । ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिईरहे आर्थिक सहकार्यका अरु कामहरु अघि नबढने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो ।

    उनले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताए ।

    प्रस्तावित राजदुत शर्माले भने, ‘चाहे ईपीजीको कुरा होस, चाहे बाउण्ड्रको कुरा होस् । किनभने ईपीजी र बाउण्ड्री भन्नेकुरा मेरो लेवलभन्दा धेरै माथि गईसक्यो । मैले अघि नै भनेँ–८ वटा हाईलेवलको भिजिट भईसक्यो । तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्नसक्छौ त ? त्यो कुराहरु हामी गरौँन ।

    त्यसैमा मात्रै किन अडेकेर बसौं ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरु इकोनोमिक कोअपरेशनका कामहरु पनि गर्न सक्दैनौं होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो । तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरु । यी कुराहरुलाई पनि एक एक गरेर गरौ भन्ने मेरो चाँही उद्देश्य त्यही नै हो ।’

    प्रस्तावित राजदुत शर्माले आफूले यस अघि भारतको राजदुतको रुपमा रहँदा विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend