logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव

    काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव

    217
    Shares
    काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् ।

    वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए ।

    उनले मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे ।

    अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend