logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गण्डकी सरकारमा एमाले प्रवेश, ४ मन्त्रीले लिए शपथ

    गण्डकी सरकारमा एमाले प्रवेश, ४ मन्त्रीले लिए शपथ

    490
    Shares
    गण्डकी सरकारमा एमाले प्रवेश, ४ मन्त्रीले लिए शपथ

    पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिए । एमाले केन्द्रीय लेखा आयोग सदस्य जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

    जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend