logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘संगम मिठाई’ मा १० प्रतिशत सम्मको विशेष छुट

    ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘संगम मिठाई’ मा १० प्रतिशत सम्मको विशेष छुट

    217
    Shares
    ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘संगम मिठाई’ मा १० प्रतिशत सम्मको विशेष छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित संगम मिठाईमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

    सम्झौता पत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले संगम मिठाईको कमलपोखरी आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुटको लाभ लिन सक्नेछन्।

    त्यसैगरी, हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।

    यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात शान्ति स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

    साथै, बैंकले लुगा सुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको जनाएको छ ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

    स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।

    यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend