logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन भुसालको माग

    एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन भुसालको माग

    273
    Shares
    एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन भुसालको माग

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताए ।

    उनले संसदले एमसिसी परियोजना सामरिक होइन र नेपालको कानूनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उल्लेख गरे ।

    उनले भने, ‘एमसीसी र एसपीपीका बारेमा मैले लामो कुरा गर्दिन । अहिले पनि गर्नुपर्ने कुरा एउटा छ । धेरै जरुरी कुरा छ । संसदले त्यत्रो बहस गरेर, छलफल गरेर १२ बुँदे गर्यो । त्यो व्याख्यात्मक टिप्पणी गर्यो । खासगरी त्यसमा उठेका दुई प्रश्न थिए । हाम्रो संविधान माथि नै हावी हुन्छ की हुँदैन भन्ने लगायतका प्रश्न थिए ।

    यो विवादका बीच पारित भएर आएको छ । अब के गर्ने भन्दा अब यो संसदले कम्तिमा आफ्नो संसदबाट पारित भएकाले विकास परियोजना भनिएको छ, जे भनिएको छ । यो सामरिक होइन, नेपालकै कानूनभित्र रहेर गर्छ । हामीले भनेको जस्तै गर्छ, यो १२ बुँदे अनुसार नै गर्छ भनेर जनतालाई आश्वस्त, विश्वस्त गराउनुपर्छ की पर्दैन ? पार्टीहरुले । यो स्वयं संसदले पर्छ की पर्दैन । कि व्याख्यात्मक टिप्पणीका नाममा एउटा काम सकियो अब यसबाट छुट्टि पाइयो ।

    भोलि यसमा विवाद हुन्छ । संसदमा भएका पार्टीहरु र पास गर्ने पार्टीहरु जिम्मेवार हुने हो की होइन, यदी हुने हो भने र जिम्मेवार छन् भने १२ बुँदे गर्दाको जिम्मेवारीपूर्वक गरेका हुन् र अहिले पनि जिम्मेवारी वहन गर्दछन्, त्यो कबुल गर्दछन् ।

    त्यसकाप्रति इमान्दार छन् भने कम्तिमा यो एमसिसी माथि एउटा संसदीय अनुगमन समिति बनोस् । जसले जनतालाई यो कुरा बताओस् की त्यो व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ की छैन, त्यसमा के समस्या छन्, जनताले कमसे कम भएका, नभएका कुरा हल्लाका पछि लाग्नुपर्दैन ।’

    महासचिव भुसालले एमसिसीलाई नेपालको बिरुद्ध नहुने गरी लैजानका लागि भरपर्दो माध्यम बनाउन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend