logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत

    ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत

    448
    Shares
    ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत

    काठमाडौँ । पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धन नेपाल आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ समर्थकहरू पुगेका थिए ।

    उनलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ । पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइएको हो ।

    पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend