logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सानिमा ग्रुपको अकामा होटलको व्यापार बढ्दो, ९ महिनामा सवा २१ करोड कारोबार

    सानिमा ग्रुपको अकामा होटलको व्यापार बढ्दो, ९ महिनामा सवा २१ करोड कारोबार

    693
    Shares
    सानिमा ग्रुपको अकामा होटलको व्यापार बढ्दो, ९ महिनामा सवा २१ करोड कारोबार

    काठमाडौं । सानिमा ग्रुपले सञ्चालनमा ल्याएको अकामा होटल लिमिटेडको व्यापारमा उछाल आएको छ । यो वर्षको ९ महिनामा अकामाको व्यापार बढेर २१ करोड २० लाख रुपैयाँ पुगेको छ । अकुपेन्सी दर ४६ प्रतिशत बढेपछि होटलको आम्दानीमा सुधार आएको हो ।

    सन् २०२३ मा अकामा होटलको व्यापार ७५ प्रतिशत बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको थियो । एक वर्षको बीचमा होटलको आम्दानी ३ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    २०२२ मा होटलले १० करोड रुपैयाँ आम्दानी गरेको थियो । एक वर्ष अवधिमा होटलको सञ्चालन आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार होटलको व्यापार बढ्दै गएको देखिएको छ ।

    मिटिङ, कन्फरेन्स र कोठा बिक्रीबाट बढी आम्दानी गरेको होटलले जनाएको छ । जसअनुसार मिटिङ र कन्फरेन्स बिक्रीबाट हुने आम्दानीको योगदान ६१ प्रतिशत छ । यस्तै ३६ प्रतिशत आम्दानी कोठा बिक्रीबाट भएको छ । पर्यटक बढेका कारण होटलको अकपुेन्सी दर बढेको अकामाले जनाएको छ । आम्दानी बढेपछि होटलको मार्जिन पनि गत वर्ष २५.०२ प्रतिशत पुगेको छ । २०२२ मा १०.३३ प्रतिशत थियो ।

    सुरुवाती वर्ष २०२१ मा होटलको आम्दानी २ करोड रुपैयाँ थियो । होटल २०१९ देखि सञ्चालनमा आएको हो । कोरोना महामारीले अकामाको व्यवसायमा ठूलो असर गरेको थियो ।

    होटलको चुक्ता पुँजी बढेर १ अर्ब २७ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसअघि अकामाको चुक्ता पुँजी ९३ करोड रुपैयाँ मात्र थियो । होटलमा १ सय ८ कोठा छ । अकामाको ऋण १ अर्ब १० करोड रुपैयाँ छ ।

    सानिमा ग्रुपको जलविद्युतमा आक्रमक रुपमा लगानी विस्तार गरेको छ । साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजनाबाट ऊर्जामा लगानी थालेको ग्रुपले अहिले २२ मेगावाटको सानिमा, ७ मेगावाटको सानिमा क्याकेड, २८ मेगावाटको लिखु, ७२ मेगावाटको तमोर, १४ मेगावाटको मैलुङखोला आयोजना सञ्चालनमा छन् ।

    यस्तै ६० मेगावाटको जुमखोला आयोजना निर्माण गर्ने तयारीमा ग्रुप छ । ग्रुपले सानिमा बैंकका साथै सानिमा जनरल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरस कम्पनी सञ्चालनमा छन् ।

    ग्रुपको बैंकिङ, बिमाका साथै हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति देखिएको छ । अकामाका अध्यक्ष विनयकुमार श्रेष्ठ हुन् । उनी मिडिल तमोर हाइड्रोपावर लिमिटेडका अध्यक्ष पनि हुन् । यस्तै अकामाको महाप्रबन्धकमा रोशन खवास छन् ।

    अकामा २ अर्ब ९० करोड रुपैयाँमा निर्माण गरिएको हो । एक सय ८ ओटा कोठा रहेको होटलमा सुप्रियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टर सुइट पनि छ ।

    संस्कृतमा अकामालाई ‘वर्चस्व’ भनिन्छ । सानिमा ग्रुपले हात हालेको ठाउँमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले होटलको नाम नै अकामा राखिएको हो ।

    होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ४ किमीको दुरीमा छ । अकामा २०१४ मे ६ मा स्थापना भएको थियो । २०२२ जुलाइ ३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। होटल १.१३ एकड क्षेत्रफलमा फैलिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend