logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेयर बजार फराकिलो अंकले घट्यो, लगानीकर्ताको विश्वास किन बढेन ?

    सेयर बजार फराकिलो अंकले घट्यो, लगानीकर्ताको विश्वास किन बढेन ?

    497
    Shares
    सेयर बजार फराकिलो अंकले घट्यो, लगानीकर्ताको विश्वास किन बढेन ?

    काठमाडौं । सेयर बजार घटेर पहिरो गएको छ । बुधबार बजार ९०.७३ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २७ सय ३९.४६ अंकमा आएर रोकिएको छ । लगानीकर्तामा विश्वास नबढ्दा बजारमा पहिरो गएको हो । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

    एकैदिन बढेको बजारबाट अत्याधिक छिटो कारोबार गर्ने बढी देखिएका छन् । लगानीकर्ताले नाफा बुक गर्दा बजार फराकिलो अन्तरले घट्न पुगेको सहजै अनुमान गर्न सकिन्छ । घटबढ हुनु सेयर बजारको नियमित प्रक्रिया पनि हो ।

    फराकिलो अन्तरले घटे पनि समग्रमा हेर्दा सेयर बजार सकारात्मक रहेको देखिन्छ । बजार घटे पनि फेरी गति लिने संभावना छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति लिंदै गएको छ भने बैंकहरुले लगानी गर्न पर्याप्त तरलता छ ।
    यसैगरी संस्थागत लगानीकर्तालाई पनि कर्जाको सीमा हटेकाले बजारले गति लिने संभावना प्रवल छ ।

    बुधबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १३ कम्पनीको घटेको नेप्सेले जनाएको छ ।

    बजार घटे पनि ४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । जसअनुसार एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यस्तै इस्र्टन हाइड्रोपावरको सर्किट लेभलमा कारोबार भएको छ । कुमारी इक्विटी फन्डको सेयर मूल्यमा ऋणात्मक सर्किट लागेको छ ।

    बुधबार १२ अर्ब ९२ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर किनबेच भएको छ ।

    नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख र हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २९ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल फाइनान्स र हिमालयन रि–इन्स्योरेन्सको बढी सेयर कारोबार हुने गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend