logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

    तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

    560
    Shares
    तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

    काठमाडौँ । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक योजना ल्याएको छ ।

    आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी सो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको हो ।

    निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंक लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको जनाएको छ । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।

    विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वधन गर्दै बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend