काठमाडौं । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रूपैयाँ ऋण दिने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रूपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको एक मन्त्रीले बताए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले भदौ १७ गते सर्तसहित ऋण दिने भनेको थियो । सोही प्रस्तावलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । संस्थानले यो रकम किसानको बक्यौता भुक्तानीमा प्रयोग गर्नुपर्नेछ।