logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड (तस्बिरहरु)

    हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड (तस्बिरहरु)

    525
    Shares
    हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड (तस्बिरहरु)

    काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरुको भीड छ । अविवाहित महिलाले राम्रो श्रीमान पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ ।

    निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।

    वरदान विपरित पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाए । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज) को व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय कथन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend