logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

    प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

    315
    Shares
    प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, “तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !”

    प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरेका छन् । “बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उनले स्मरण गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend