logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

    दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

    245
    Shares
    दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुगेका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

    उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिए । मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गरे ।

    उनले विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताए । उनले विगतमा के भयो भन्दा पनि अब बाँकी काम तत्काल हुनु पर्नेमा जोड दिए । उनले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको बताए ।

    उनले भने, ‘मन्त्रालयको तर्फबाट हेर्छौं । चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं । विगतमा के भयो नगरौं । आगामी दिन दशैँसम्म भवन उद्घाटन गर्नुपर्छ । हामी कोही हल्लाको पछाडि नलागौं । कृषि मन्त्रालयको जमिन हो । मन्त्रालयले आफ्नो मन्त्रालय अन्तरर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो । त्यही अनुसार काम हुन्छ ।’

    चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिव ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

    अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ । तर भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी रहेको छ । समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend