logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नरेन्द्र मोदीजी र म मिलेर ईपिजी बनाएका हौँ, अब अघि बढ्छ : प्रधानमन्त्री ओली

    नरेन्द्र मोदीजी र म मिलेर ईपिजी बनाएका हौँ, अब अघि बढ्छ : प्रधानमन्त्री ओली

    1.6K
    Shares
    नरेन्द्र मोदीजी र म मिलेर ईपिजी बनाएका हौँ, अब अघि बढ्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

    दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफैँ रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।

    शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उनले इपिजी बनाउनेहरु नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताए । उनले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताए ।

    प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए ।

    उनले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धी गर्ने काम गर्न नहुने अडान पनि राखे । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता औैंल्याए ।

    प्रधानमन्त्री ओलीले सो प्रतिवेदन बुझ्न नेपाल सदैव तत्पर रहेको पनि बताए । उनले भूराजनीतिलाई देखाएर दुई मुलुकबीचको सम्बन्धलाई कमजोर बनाउने काम गर्न नहुने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend