logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • काठमाडौंको लोकप्रिय टर्किस रेस्टुरेन्ट जहाँ डिनर गर्न पुग्यो पूर्वराज परिवार

    काठमाडौंको लोकप्रिय टर्किस रेस्टुरेन्ट जहाँ डिनर गर्न पुग्यो पूर्वराज परिवार

    4.7K
    Shares
    काठमाडौंको लोकप्रिय टर्किस रेस्टुरेन्ट जहाँ डिनर गर्न पुग्यो पूर्वराज परिवार

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स–परिवार खाना खान भनेर सितिमिति काठमाडौँका रेष्टुरेन्ट छिर्दैनन । तर, पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको टर्किस रेस्टुरेन्टमा भदौ १७ गते पूर्वराजा ज्ञानेन्द्रको स–परिवार डिनर गर्न पुगे।

    काठमाडौंको टंगालमा रहेको अलेभ कबाब सल्टनेटमा साँझपख दुई जना आएर भने आज महाधिराज डिनर गर्न आइबक्सिने कुरा छ। त्यसपछि अलेभ कबाबका स्टाफहरू पूर्वराजपरिवारलाई स्वागत गर्नमा तल्लीन भएर लागे ।

    साँझको ९ बजे पूर्व राजपरिवारको एउटा जम्बो टोली रेस्टुरेन्टमा छिर्‍यो । स-परिवारसहित पुगेका शाहको टोलीले अलेभ रेस्टुरेन्टमा करिब साढे २ घण्टा बिताएका थिए।

    विश्वमै लोकप्रिय मानिने टर्किस रेष्टुरेन्ट नेपालमा पहिलोपटक खुलेको हो। सेफ प्रकाश कटुवालले राजपरिवारदेखि धेरै जसो विदेशी राजदुत, सेलीब्रेटी, व्यवसायी, राजनैतिक नेतृत्व लगायत सबैलाई खाना खुवाउने मौका मिलेको बताए।

    ‘हिमानी सरकार पारस सरकार पहिलेदेखि नै आउनुहुन्थ्यो । तर, राज परिवार नै आउनु भयो वान अफ दि वेस्ट खान भन्नु भयो त्यसले हामीलाई ठुलो हौसला मिलेको छ ।’ सेफ कटुवालले सुनौलो नेपालसँग भने ।

    ‘आफुले बनाउने खाना अहिलेसम्म नेपालमै नबनेका र नपाइने खालका हुन्छन र फुड प्रेमीहरुले निकै रुचाउछन एकपटक आएका ग्राहकहरु पटक पटक आउछन ।’ कटुवालले भने – ‘टंगालमा रहेको अलेभ कबाबमा शुरुमा टर्किसबाटै सेफ ल्याएर खाना बनाउन सिकेको थियौ । अहिले सबै खाना हामीले नै बनाउन सिकेका छौ।’

    आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई उही किसिमका स्वाद पस्किने अवधारणा अनुसार ल्याइएको अलेभ कबाब रेस्टुरेन्ट नेपालमै बस्ने नेपाली सबैले मन पराउन थालेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend