logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • बुद्ध एयरले गर्‍यो १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२’ जहाज बिदाइ

    बुद्ध एयरले गर्‍यो १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२’ जहाज बिदाइ

    4.2K
    Shares
    बुद्ध एयरले गर्‍यो १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२’ जहाज बिदाइ

    काठमाडौं । निजी क्षेत्रको एक नम्बर हवाइ सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) अब नउडाउने भएको छ ।

    बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२ नाइन एन–एआइन’ जहाज बिदाइ गरेको छ । यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो ।

    एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ ।

    सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो । नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको ‘उडान साइकल’ समाप्त भएको हो ।

    नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ ।

    नाइन एन–एआइएनले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ । माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्टसमेत रहेका थिए ।

    नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend