logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सांसदहरुको माग

    भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सांसदहरुको माग

    287
    Shares
    भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सांसदहरुको माग

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गरेका छन् । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरे ।

    सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष वितिसक्दा पनि भूकम्पपीडितले राज्यबाट राहत सामग्री नपाएका तथा भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्नेमा जोड दिए ।

    सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपद्बाट क्षति बेहोरेकाहरूलाई सहयोग गर्नु राजइको दायित्व हो भने ।

    आत्महत्या रोक्न मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने

    देशमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै सांसद पदमबहादुर परियारले स्थानीय तहमा मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

    सांसद आन्दप्रसाद ढुङ्गानाले लामो समयदेखि कालोपत्र हुन नसकेका सडकपत्र गर्न माग गरे ।

    सांसद घनश्याम रिजालले धुलिखेल सडक लामो समयदेखि बन्न नसक्दा आवतजावतमा असर परेको गुनासो गरे ।

    सांसद रेणु चन्दले सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययनको ‘कोटा’ बढाउनुपर्नेमा जोड दिइन् ।

    सांसद विष्णुकुमारी सापकोटाले मनसुनजन्य विपद् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिएकी छन् ।

    सांसद विष्णुदेवी पुडासैनीले स्वस्थ्य बीमा रकम बढाउनुपर्ने बताइन् ।

    सांसद विष्णुबहादुर विश्वकर्माले विशेष छात्रवृत्ति कार्यक्रममा लक्षित समुदायका लागि कलेजहरुमा कोटा बढाउनुपर्नेमा जोड दिए ।

    सांसद कृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा बस्ने समुदायमा मानव– वन्यजन्तुद्वन्द्व बढेकाले त्यसको नियन्त्रणका निम्ति राज्यले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ भने ।

    सांसद सावित्री मल्लले भूकम्पपीडितका निम्ति सहयोग गर्ने कार्यविधि समयमा तर्जुमा नहुँदा पीडितलाई समस्या भएको गुनासो गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend